logo

चुनावका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न

    1444   पटक पढिएको


७ मंसिर / अर्थ र व्यापार - काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए । उनले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतपत्र निर्वाचन आयोगलाई बुझाइसकेको र दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतपत्र र्पुयाउन प्याकिङको काम भइरहेको जानकारी दिए ।

उनका अनुसार मतपत्र छपाइमा संवेदनशीलता अपनाउँदै तीनघेरा सुरक्षा चक्रमा छपाइ कार्य सकेको हो । उनका अनुसार पहिलो घेरामा सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको रोहबरमा मतपत्र छपाइ कार्य पूरा भएको हो । उनका  अनुसार समानुपातिकका लागि १ करोड ७५ लाख थान मतपत्र छापिएको छ । सबै मतपत्र छाप्न ३० करोड लागत लागेको उनले बताए । जनकले २०३६ सालदेखि मतपत्र छाप्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता  नवराज ढकालले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतदान केन्द्रमा मतपत्र र्पुयाइसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।