१३ मंसिर / अर्थ र व्यापार - नेकपा(एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको प।टनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई ट अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्।य जीतेन्द्र पासवानले बताए । उनी मर्गाैला र कलेजोको रोगबाट पनि ग्रस्त थिए ।
मण्डल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन भटौलिया गाविस अध्यक्षमा निर्वा्चित भएका थिए । उनी दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष थिए । मण्डलकटा श्रीमती तथा दुई दुई छोरा र छोरी छन् ।
तपाईको प्रतिक्रिया