logo

मोरङमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट

    1767   पटक पढिएको


१२ मंसिर / अर्थ र व्यापार - मोरङ ६ नम्बर क्षेत्रका वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश सभा (क) का उम्मेदवार जीवन आर्चायलाई लक्षित गरेर विस्फोट गराएको प्रहारबाट जोगिन सफल भएका छन् । चुनाव प्रचारप्रसारका लागि ६ नम्बर क्षेत्रको प्रदेश सभा क मा पर्ने ६ नम्बर वडास्थित डंग्राहा जाने क्रममा आज मंगलबार बिहान राजमार्गमा राखेर बिस्फोट गराएको सुतली बमको प्रहारबाट जोगिन सफल भएका हुन ।

चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा डंग्राहातर्फ जादै गरेको समयमा बुढीगंगा ५ स्थित मनमोहन पोलिटेक्निक कलेज नजिकै नहरको डिलमा राखेको सुतली बम मंगलबार बिहान साढे आठ बजेतिर बिस्फोट भएको थियो । उम्मेदवार पण्डित र आर्चाय सवार जिपको१० मिटर अगाडि उक्त बम विस्फोट भएकोले कुनै मानवीय क्षति हुन नपाएको उम्मेदवार पण्डितका स्वकीय सचिव बसिम आलमले बताए ।

मोरङका एसपी अरुण बिसीले अज्ञात समूहले लक्षित गरेर नहरमा राखेर सुतली बम बिस्फोट गराएको तर, उम्मेदवारहरु सुरक्षित रहेको बताए । उनले भने, ‘अबस्था समान्य छ, उहाँहरु प्रहरीसँगै आफनो चुनावी प्रचार अभियानमा सरिक भइरहनु भएको छ ।’ सोमबार दिउँसो पनि बिराटनगर कञ्चनबारी स्थित एयरपोर्ट मोड नजिकै सुतली बम फेला परेको थियो । यसैगरि इलाका प्रहरी बेलबारीले केरावारी गाउँपाकिला स्थित जंगलबाट ६ थान सकेट बम गोप्य सुचनाका आधारमा मगलबार नै बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।