६ फागुन /अर्थ र व्यापार- काठमाडौं । प्रदेशसभा ५ को उपसभामुखमा नेकपा एमालेकी कृष्णी थारु निर्वा्चित भएकी छन् । आइतबार भएको निर्वाचनमा ६६ मत ल्याएर उनी विजयी भएकी हुन् । उनको विपक्षमा १९ मत परेको छ ।
कृष्णीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेशसभामा वाम गठबन्धनका ६१ र नेपाली काग्रेसका १९ सांसद रहेका छन् । उपसभामुखमा नेपाली कांग्रेसले रिना खनाल विकलाई उम्मेदवार बनाएको थियो । प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वा्चित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया