logo

नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने ओलीको घोषणा

    1352   पटक पढिएको

 

  २ पुस / अर्थ र व्यापार - काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने घोषणा गरेका छन् ।

अध्यक्ष ओलीले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिबी हटाउने बताएका हुन् । वामपन्थी गठबन्धनले स्पष्ट बहुमत ल्याएसँगै सरकारको नेतृत्व लिने तयारीमा रहेका उनले आफ्नै निवास बालकोट पुगेका नेपाल उद्योग परिसंघको नेतृत्व सँग मुलुकबाट गरिबी हटाउन आफूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उच्च प्राथमिकता दिने योजना  सुनाए ।ञ

ओलीले अहिले विश्वनै उत्पादन बढाएर गरिबी हटाउने अभियानमा लागिरहेको स्मरण गराउँदै नेपालले पनि सोही बाटोबाट अघि बढनुपर्ने बताए । उनले लगानी वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा नेपाल अब अघि बढ्ने स्पष्ट पारे। अध्यक्ष ओलीले निर्यात व्यापार प्रवर्द्धन, रोजगारीको अवसर थप सृजना गर्न र मुलुकबाट गरिबी हटाउन लगानी बढाउन जोड दिने पनि उल्लेख गरे । उनले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिक गर्न लागि पर्ने पनि दोर्होयाए ।  उनले अब बन्ने सरकार देश र जनताप्रति उत्तरदायी हुने बताए  उनले मुलुकलाई आधुनिक र सभ्य बनाउँदै जनताको जीउरधनको सुरक्षा गर्ने, सबैलाई न्याय र अवसर प्रदान गर्ने र भयरहित समाज निर्माणमा जुट्ने बताए । त्ंयस अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष  हरिभक्त शर्माले मुलुकलाई समृद्ध बनाउने अध्यक्ष ओलीको सपना पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मुलुकलाई समृद्ध बनाउने उपयुक्त वातावरण बन्न गएकाले त्यसलाई अवसरको रुपमा लिएर नयाँ सरकारले काम गर्ने विश्वास पनि व्यक्त गरे । अध्यक्ष शर्माले ओलीलाई मुलुकलाई समृद्ध बनाउन ‘मिसन’ र ‘भिजन’ भएको नेताको रुपमा पनि चित्रण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।