logo

पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षमा गर्ने सांसद श्रेष्ठको दावी

    1936   पटक पढिएको

४ असोज / अर्थ र व्यापार- प्रतिनिधि सभा सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले कांग्रेस नेता रामचन्द्र पौडेलले विगतका २५ वर्षसम्म नगरेको जिल्लाको विकास आफूले ५ वर्ष भित्र गरेर देखाउने दावी गरेका छन । 

भानु नगरपालिका–३, तुरतुरे स्थित जनजागृती माविमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सवको तेस्रो दिन सांसद श्रेष्ठले कांग्रेस नेताहरु २५ बर्ष सम्म जिल्लाको विकासको लागि केही काम नगर्ने तर चुनाव हारेपछि कम्युनिष्टले केही गर्न सकेनन् भनेर प्रचारबाजीमा उत्रिएको आरोप समेत लगाए । आँफू सांसदमा निर्वाचित भएको ६ महिना मात्रै भएको भन्दै सांसद श्रेष्ठले अहिल्यै किसानले समेत केही गर्न सकेन भनेर कांग्रेस नेताहरुले जनतामा भ्रम फैलाउन प्रयास गरेको बताए ।

आफूले जे गर्न सक्छु त्यही मात्रै चुनावको बेला बोलेको भन्दै सांसद श्रेष्ठले आँफूले बोलेका कुराहरु पूरा गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । तनहुँका सबै निकायमा गरि ४ अर्बभन्दा बढि बजेट आएको र त्यो बजेट संघीय सरकारकै भएको समेत सांसद श्रेष्ठको भनाई थियो । सो अवसरमा सांसद श्रेष्ठले आफ्नो एक महिना बराबरको तलब महायज्ञलाई सहयोग गर्ने घोषणा समेत गरे । सांसद श्रेष्ठले हालसम्म आफुले सांसदको रुपमा पाएको सबै तलव जिल्लाका विभिन्न संघ–संस्थालाई मासिकरुपमा उपलब्ध गराउँदै आएका जनाएका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।