logo

अखिल क्रान्तिकारीद्धारा तीनसय परिवारलाई न्यानो कपडा वितरण

    1345   पटक पढिएको


३ माघ / अर्थ र व्यापार - काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार राजविराज नगरपालिका–१३ को विषहरिया टोलमा १५० परिवार र परिहुत गाउँपालिकाको लोहजारा टोलका १५० परिवारलाई राहतस्वरुप न्यानो कपडा वितरण गरिएको हो । प्रत्येक परिवारलाई एकवटा ब्ल्याङ्केट र ज्याकेट वितरण गरिएको हो ।

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले शीतलहरबाट बच्नका लागि न्यानो कपडा बाँडिएको बताउनुभयो । यसैबीच, नेकपा (एमाले) निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकटको योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पनि शीतलहरबाट जोगाउनका लागि कपडा वितरण गर्ने भएका छन् ।

मंगलबार बसेको संयुक्त बैठकले तराईमा अत्यधिक चिसो र शीतलहरबाट सर्वसाधारणको जीवनयापनमा समस्या परेको भन्दै न्यानो कपडा वितरण गर्ने भएको संघका अध्यक्ष राजीव पहारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।