logo

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

    1223   पटक पढिएको


४ माघ / अर्थ र व्यापार - काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टी्भित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठेपछि निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले अन्य विषय छलफलका लागि तुरुन्तै अर्काे बैठक बोलाइने बताइएको छ ।

निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।