२२ पुस/अर्थ र व्यापार– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री बोहोराले विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको बताएका छन् ।
मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाको घोषणा गरेका हुन् । बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् ।
तपाईको प्रतिक्रिया