logo

जाजरकोटमा  कर्मचारीहरु कारवाहीमा

    1543   पटक पढिएको

२९ कात्तिक / अर्थ र व्यापार - यहाँका स्वास्थ्य संस्थामा नियमित काम नगर्ने स्वास्थ्य कर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा, जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुने, लामो समय बीदामा बस्ने लगायतका गुनासा आएपछि छड्के  निरिक्षण तथा अनुगमण गरिएको थियो ।

 अनुगमण गर्दा स्वास्थ्य संस्थामा भन्दा व्यक्तिगत काम गर्ने काम चोर कर्मचारीलाई स्पष्टिकरण सोधिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । काम नगर्ने स्वास्थ्य कर्मीलाई पहिलो चरण स्पष्टिकरण सोधिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सिमा स्वास्थ्य चौकी , अर्छानी स्वास्थ्य चौकी र टालेगाउँ स्वास्थ्य चौकीमा कार्यरत ७ जना स्वास्थ्य कर्मी लाई स्पष्टीकरण सोधिएको हो । १ दिन देखि डेढ महिना सम्म स्वास्थ्य संस्थामा हाजिर गयल देखिएपछि स्पष्टिकरण सोधिएको छ ।

गयल स्वास्थ्यकर्मीको तलव भत्ता रोक्का गरिएको छ । स्वास्थ्य जस्तो महत्वपुर्ण स्थानमा लापरवाही गर्ने जुनसुकै व्यक्तिलाई कारवाही गरिने जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमूख रामवहादुर नेपालीले बताए । काम नगर्ने कर्मचारीलाई सम्बन्धि गाउँपालिका र नगरपालिकालाई निगरानी गर्न पत्राचार समेत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।