१३ पुस/अर्थ र व्यापार– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
राजदूत क्वात्राले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रायमाझीलाई भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए।
भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्री रायमाझी बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
भेटमा द्विपक्षीय ऊर्जा सहयोगबारे छलफल भएको राजदूत क्वात्राले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
साथै, राजदूत क्वात्राले रायमाझीको कार्यकालमा संयुक्त परियोजनाहरु कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया