logo

 नुवाकोटमा रमेश महतमाथि लक्षित गरेर बम प्रहार, काङ्ग्रेसका ५ जना प्रचार टोली घाइते 

    1714   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - नुवाकोट– काङ्ग्रेसको चुनाव प्रचार टोलीमाथि लक्षित गर्दै नुवाकोटमा बम विष्फोट भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तर्गत ख का प्रदेश उम्मेदवार रमेश महतमाथि लक्षित गरेर बम विष्फोट भएको हो । 
ककनीको चियावगानमा भएको विष्फोटबाट उम्मेदवार महत सुरक्षित रहेपनि उनीसँगै रहेको अर्को गाडी एम्बुसमा परेको छ । जसका कारण काङ्ग्रेसका ५ जना कार्यकर्ता गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा भेषकुमार लामा, उपेन्द्र मिश्र लगायत छन् । उनीहरुलाई उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

प्रत्यक्षदर्शीका अनुसार २ वटा कुकर बम विष्फोट भएका थिए । विष्फोटबाट बा १६ च ६६५ नम्बरको गाडी पूर्णतया ध्वस्त भएको छ । महतसहितको टोली चुनावी प्रचार प्रसारका क्रममा आज बिहान ककनी पुगेको थियो । टोली ककनीमा घरदैलो सकेर चतुरचलेतर्फ जादै गरेको अवस्थामा उम्मेदवार महत चढको गाडीलाई लक्षित गरेर एम्बुस राखिएको बताइएको छ । महत सावर गाडी बा १४ च १६४१ नम्बरको गाडी अगाडी कटेलगत्तै सँगैको अर्को गाडी एम्बुसमा परेको हो ।

यसैवीच उम्मेदवार महतले घटनालाई अत्यन्त निन्दनीय भन्दै खेद व्यक्त गरेका छन् । रातोपाटीसँगको प्रतिकृयामा काङ्ग्रेसको जित निश्चित भएपछि यस्तो षड्यन्त्र भएको हुनसक्ने महतको प्रतिकृया छ । यता, प्रहरीले बम आक्रमणमा तीन जना गम्भिर घाइते भएको र उनीहरुलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौँ लाने तयारी भइरहेको जानकारी दिएको छ । घटना कसले घटाएको भन्ने अझै यकिन नभएको एसपी वीरेन्द्र कुमार बस्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।