कात्तिक १५ / अर्थ र व्यापार - काठमाडौं । नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं. १ मा उठाउने निर्णय गरेको छ । कांग्रेसको बालुवाटारमा जारी संसदीय समितिको बैठकले उनलाई झापा १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठाउने निर्णय गरेको हो ।
यसअघि वाम गठबन्धनबाट झापा १ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ । झापा ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध शर्मा उठ्ने चर्चा चल्दै आएको थियो । कांग्रेसले संसदीय समितिको बैठकमा झापा जिल्ला समितिले झापाको क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाम पेश गरेको छ ।
तपाईको प्रतिक्रिया