logo

प्रदेश राजधानी नपाएपछि ठाउँठाउँमा विरोध

    999   पटक पढिएको


५ माघ / अर्थ र व्यापार - सरकारले संवैधानिक व्यवस्थाअनुसार बुधबार प्रदेशका अस्थायी राजधानी तोकेसँगै देशका केही जिल्लामा आन्दोलन भएको छ । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेका धनकुटा र डोटीसहितका जिल्लाबासी आन्दोलित भएका हुन् । यसैगरी पर्सा, दाङलगायतका जिल्लामा आन्दोलनहुँदा स्थानीय जनजीवन प्रभावित बनेका त्यहाँस्थित कारोबार संवाददाताहरूले जनाएका छन् ।
धनकुटा संवाददाता विकास घिमिरेका अनुसार यो समाचार तयार गर्दासम्म धनकुटामा लगाइएको अनिश्चितकालिन कफ्र्यू जारी छ । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग राखि गत महिनादेखि आन्दोलित रहेका धनकुटाबासी बुधबारदेखि झन् थप आन्दोलित भएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगरलाई अस्थायी राजधानी तोकेसँगै बिहीबारबाट धनकुटा झनै अशान्त बनेको हो । 
आमहड्ताल घोषणा गरेर आन्दोलनमा उत्रेका स्थानीयले बिहीबार बिहानैबाट सदरमुकामका बजार पसल बन्द गराएका थिए । बजार बन्द गराउँदै हिडेका आन्दोलनकारीमाथि प्रहरीले नियन्त्रणको प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको गाडी तोडफोड गरेका थिए । सरकारविरोधी नारा लगाउँदै विभिन्न सरकारी कार्यलय पुगेका आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजनमा आगो लगाएका थिए । आगलागीबाट कार्यालयका फर्निचर र कम्प्युटरमा क्षति पुगेको थियो । आगलागी नियन्त्रणगर्न गएको धनकुटा नगरपालिकाको दमकल र एउटा एम्वुलेन्समा पनि आन्दोलनकारीले तोडफोड गरेका थिए । सहरी विकास तथा भवन निर्माण कार्यालयको एउटा मोटरसाइकल जलाएका छन् । प्रहरीले गरेको लाठी चार्जा बाट नेपाली कांग्रेस धनकुटाका जिल्ला कोषाध्यक्ष दिनेश राईलगायत १ दर्जन आन्दोलनकारी घाइते भएका थिए । प्रहरीले दिउसो औषधी पसल समेत बन्द गराएका थिए । सरकारले गरेको निर्णय फिर्ता नगरे र धनकुटा लाई राजधानी नतोकीए सम्म आन्दोलन जारी रहने संघर्ष समितीले जनाएको छ । स्थिती सहज नभएसम्म कफ्र्यू जारी रहने धनकुटा प्रशासनले जनाएको छ । 

दाङ संवाददाता अमरराज आचार्यका अनुसार प्रदेश नम्बर ५ मा रुपन्देहीलाई अस्थायी मुकाम तोकिए पछि दाङमा चर्किको आन्दोलनकोनेतृत्व अव राजनीतिक दलहरूले लिने भएका छन् । बिहीवार विहानसम्म आन्दोलनको नेतृत्व प्रादेशिक राजधानी सरोकार समितिले गरेको थियो । तर विहीवार बसेको राजनीतिकदल र अन्य सरोकारवाला विच भएको छलफलमा आन्दोलनका नेतृत्व दलहरूले लिने सहमति भएको थियो । सहमतिअनुरुप एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । खड्काले घोराहीको तुलसीपुर चोकमा भएको विरोध सभालाई संवोधन गर्दै आन्दोलनका नेतृत्व अव जिल्लाका राजनीतिकदलले लिएको भन्दै सरकारले निर्णय फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उदघोष समेत गरे । उनका अनुसार अवको आन्दोलन राजमार्ग केन्द्रीत हुने छ । विगत ५,६ वर्षअघि देखि नै प्रादेशिक राजधानी सरोकार समिति गठन गरेर विभिन्न कार्यक्रम गर्दै आएको थियो । सरोकार समितिको अगुवाइमा विगत तिन दिनदेखि पनि जिल्लामा आमहडताल जारी रहेको छ । आन्दोलन अव राजमार्गकेन्द्रित हुने जनाइएको छ ।

संर्घष समितिका संयोजक खडकाले भने, “सरकारले दंगालीलाई अन्याय गरेको छ ।’ 
सरकारले बनाएको कार्यदलले नै प्रदेश राजधानीको लागि दाङ उपयुक्त भएको रिपोट पेश गरेको थियो । सरकारले आफै बनाएका विभिन्न कार्यदलले नै दाङलाई उपयुक्त भएको सिफारिस गरेको थियो । तर सरकारले त्यो सुझाव मिचेर बुधवार बटुवलमा प्रदेश राजधानीको अस्थायी केन्द्र तोकेको छ ।” यस्तै नेकपा एमालेका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले भने– न्यायपूर्ण आन्दोलनको लागि दंगाली जनता सडकमा आएका छन् । यो कुनै रहर होइन । विरोधसभालाई सम्बोधन गर्दै काँग्रेस दाङका सभापति कीर्तीबहादुर खड्काले पनि आन्दोलनको नेतृत्व दलहरूले लिएको भन्दै अव निर्णय फिर्ता नहुदासम्म आन्दोलन चल्ने वताए । उनले न्यायपूर्ण आन्दोलनमा सहभागि हुन सवैलाई अनुरोध समेत गरे । विरोध सभालाई संवोधन गर्दै नेकपा माओवादीका नेता निर्मल आचार्यले माग पुरा नहुदासम्म राजनीतिकदलहरू आन्दोलनवाट व्याक नहुने वताए । सरकारको निर्णयविरुद्ध जिल्लाको आन्दोलन चर्किदै गएको छ । सवारीसाधन सवै ठप्प छन् । बजार पूर्ण रुपमा बन्द छ ।

पर्सा संवाददाता नीरज पिठाकोटेले वीरगञ्जमा प्रदेश नम्बर २ को राजधानी माग गर्दै आन्दोलन भएको छ । स्थानीयले गरेको बन्दले जनजीवत प्रभावित भएको छ । बन्दकारीले एउटा गाडीमा तोडफोड गरेका छन् । वीरगन्ज राजधानी संघर्ष समितिले आज आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरूले बिहानैदेखि वीरगन्जको विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गरेको हो । वीरगन्जको बाईपास, मुर्ली, बसपार्क लगायतका स्थानमा युवा नेता महमुद अन्सारी र अकलेश साहको नेतृत्वमा बन्दकर्ताहरूले टायरबालेर प्रदर्शन गरेका छन् । यस्तै बन्दकर्ताहरूले बिहिबार बिहान एउटा गाडीमा समेत तोडफोड गरेका छन् । 
वीरगन्जको घण्टाघरमा बा १२ च ७३६५ नम्बरको सुजुकी कार बन्दकर्ताहरूले तोडफोड गरेका हुन् । सरकारले बुधबार सातवटै प्रदेशको अस्थायी मुकाम तोकेपछि विभिन्न स्थानमा यसको विरोध भएको हो । वीरगन्ज राजधानी संघर्ष समिति पर्साले वीरगन्जलाइ प्रदेश नम्बर २ को राजधानी तोक्न माग गर्दै विगत दुइ साता देखि रिले अनशन बस्दै आएका थिए । सरकारले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेपछि आन्दोलन थप चर्किदै गएको हो । बन्दले वीरगन्जमा बजार, पसल, उद्योग कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका साथै सार्वजनिक यातायातका सवारीसाधनहरू बन्द रहेको छ । 
सरकारले जनकपुरलाइ अस्थायी राजधानी तोक्ने निर्णय गरेलगत्तै वीरगन्जको आन्दोलनले बन्दको रुप लिएको हो । जनकपुरलाई अस्थायी राजधानी तोक्ने सरकारको निर्णय लगत्तै संघर्ष समितिको अगुवाइमा नेता कार्यकर्ताहरूले हिजो साँझ घण्टाघर चोकमै टायर बालेर नाराबाजी गर्नुका साथै सवारीसाधनहरूमा तोडफोड गरेपछि आन्दोलनले उग्र रुप लिएको हो । आन्दोलनकारीहरूले घण्टाघर चोकमा बिहिबार साँझ सिंचाइ कार्यालयको ना १ झ २६३ नम्बरको सरकारी जिपका साथै केहि टाटासुमो र मोटरसाइकलहरूमा तोडफोड गरेका थिए । 
यता, संघीय समाजवादी फोरमले भने वीरगन्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ । सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेर विरोध पर्दशन गरेपनि आजको बन्दको पक्षमा फोरम नेपाल नरहेको संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताए । 
संखुवासभा संवाददाता कृष्णराज शाक्यका अनुसार प्रदेशको राजधानी माग गर्दै धनकुटामा जारी अनिश्चितकालिन आन्दोलनका कारण संखुवासभाको जनजिवन प्रभावित बनेको छ । महिना दिन अघिदेखि प्रदेशको राजधानी माग गर्दै गरिएको आन्दोलन र बन्दका कारण संखुवासभा, भोजपुर, तेह्रथुम जिल्लाको जनजिवन प्रभावीत बनेको हो । यि जिल्लाहरूका अधिकांश बासिन्दा खाद्यान्न दैनीक उपभोग्य बस्तु र स्वास्थ्य सेवाका लागि तराई संग परनिर्भर निर्भर रहँदै आएका छन् । तराईबाट आउने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या हुँदा महँगी बढ्न थालेको संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यको भनाइ छ । 
धनकुटामा जारी बन्द र आन्दोलनका कारण विराटनगर, काठमाण्डौ, धरान लगायत भारतको जोगवनी हुँदै आउने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू जिल्ला भित्रन नसकेपछि दैनीक उपभोग्य बस्तुको अभाव हँदा सर्वसाधारण उपभोक्ताहरू कालाबजारी र महंगीको मारमा पर्न थालेको अध्यक्ष शाक्यले बताए । पुर्वका संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका एकमात्र प्रवेशद्वारका रुपमा धनकुटा रहेकाले तत्काल समस्याको समाधान गरि सहज निकास दिनुपर्ने संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । 
बर्दिया संवाददाता लक्ष्मण ढुंगानाका अनुसार सरकारले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल (रुपन्देही)लाई तोकेपछि बर्दियावाट निर्वा्चित प्रदेश सभा सदस्यहरूले आपत्ति जनाएका छन् । जिल्लाको उपयुक्त पायक पर्ने स्थान दाङलाई नतोकी अपायक स्थानमा तोकिएकोले सो निर्णय तुरुन्त सच्याउन सरोकारवाला निकायसँग उनीहरूले माग गरेका हुन् । नेकपा एमाले र माओवादी केन्द्रवाट निर्वा्चित जिल्लाका चारवटै निर्वाचन क्षेत्रवाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तिलक शर्मा ‘हिमाल’, कविराम थारु, कुलप्रसाद पोखरेल र दिपेश थारुले आज सदरमुकाम गुलरियामा पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयको विरोध गरेका हुन् । उनीहरूले आज संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी प्रदेशको अस्थायी केन्द्र तोक्ने निर्णय नसच्याइए प्रदेश नम्वर ५ को विकल्प खोज्न बाध्य हुने बताएका छन् ।
डडेल्धुरा संवाददाता हरिश चन्दका अनुसार प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुराका स्थानीयले पुत्ला दहन गरेका उल्लेख गरेका छन् । डडेल्धुराबाट ६ पटक निर्वा्िचत देउवाले गृह जिल्ला डडेल्धुराको अपमान र सौतने ब्यबहार गरेर कैलालीमा प्रदेश नम्बर ७ को राजधानी घोषणा गरेको विरोधमा डडेल्धुराका स्थानीयले विहिवार डडेल्धुरा सदरमुकाम बस पार्क मा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन् । 

बहालवाला प्रधानमन्त्री भएर पनि आफ्नै गृह जिल्लालाई नै राजधानी बनाउनुको सट्टा कैललालीको धनगढीलाई प्रदेशको राजधानी तोक्नु लाई डडेल्धुरा जिल्लावासीको ठूलो अपमान भएको भन्दै देउवाको पुत्ला दहन गरेको हो । भक्तपुरमा पनि सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा यसको विरोध भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले बिहीबार जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 
सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले गरेको निर्णय तत्काल सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरिएको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बताए । जिससमा भक्तपुरको बैठकमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक सदस्य, दलीय प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र नागरिक समाजसहित सरोकारवालाहरूको छलफलले बिहीबारदेखि आन्दोलन गर्ने घोषणा गर्दै सरकारलाई तत्काल निर्णय सच्याउन माग गरेको हो ।
मध्यपुर ठिमीको शिक्षा विभागको कार्यालयमा प्रदेश कार्यलय र बोडेस्थित कृषि विकाश बैंकको तालिम केन्द्रको हल संसद भवनको उपयुक्त भन्दै सरकारले तोकेको समितिले सिफारिश गरेको थियो । सरकारले बुधबार प्रदेश नं.३ को राजधानी हेटौडालाई तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।