logo

दाङमा  मतदान केन्द्र ४३ वटा थपिए ,

    1424   पटक पढिएको

 

कार्तिक  १२ / अर्थ र व्यापार - आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा ४३ वटा मतदान केन्द्र थप गरिएका छन् । यससँगै जिल्लामा मतदान केन्द्रको संख्या ३९४ पुगेको छ ।

 

यसअघि ३५१ वटा मतदान केन्द्र रहेका थिए । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा १२ वटा मतदान केन्द्र थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार तुलसीपुर उपमहानगरपालिकामा १० तथा लमही नगरपालिकामा र राप्ती गाउँपालिकामा छ—छ वटा मतदान केन्द्र थपिएका छन ।

गढवा र दंगीशरण गाउँपालिकामा तिन - तीन वटा तथा बबई, राजपुर र शान्तिनगरमा एक— एक वटा मतदान केन्द्र थ्ि भजउपएका छन । जिल्लामा मतदानस्थलको संख्या १५१ वटा कायम गरिएको छ । यसअघि स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल र ३५१ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

 

स्थानीय तह निर्वाचनका लागि दुई लाख ९१ हजार १७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । अहिले ४७ हजार ७८१ मतदाता थपिएसँगै ४३ वटा मतदान केन्द्र थप गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए ।

 

जिल्लामा तीन लाख ३८ हजार ९५३ मतदाता रहेका छन । एक लाख ७२ हजार ८३३ महिला र एक लाख ६६ हजार ११८ पुरुष मतदाता रहेका छन । घोराही उपमहानगरपालिकामा १५ हजार ८सय १० मतदाता, तुलसीपुर उपमहानगरमा १० हजार २सय ९, लमही नगरपालिकामा पाँच हजार १ सय ५५, गढवा गाउँपालिकामा तीन हजार ३सय ८२, दंगिशरण गाउँपालिकामा एक हजार ६सय ३० तथा बंगलाचुली गाउँपालिकामा एक हजार ४सय ७ मतदाता थपिएका छन् ।

 

त्यसैगरी, बबई गाउँपालिकामा एक हजार ८सय ६६, राजपुर गाउँपालिकामा एक हजार ८सय ९२, राप्ती गाउँपालिकामा पाँच हजार १सय ६३ तथा पश्चिम शान्तिनगर गाउँपालिकामा एक हजार ७सय ८१ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।