logo

राजनीतिक दुर्घटनाले आर्थिक विकास रोकिँदैनः अर्थमन्त्री पौडेल

    2000   पटक पढिएको

९ माघ/अर्थ र व्यापार– अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीहरुबीच भर्चुअल छलफल भएको छ ।

‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी’ कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयर र अर्थमन्त्री पौडेलबीच भर्चुअल छलफल भएको हो ।

छलफलमा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीलाई राजनीतिक दुर्घटनाले आर्थिक विकास र पुनरुउत्थानमा कुनै असर नगर्ने बताएका छन् ।

पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको भन्दै आर्थिक सुधारमा अवरोध हुन्छ कि भनी चिन्तित नहुन मुद्रा कोषका अधिकारीहरुलाई आग्रह गरेको हो ।

अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रममा उल्लेखित विषयहरु संरचनागत सुधार, श्रोत व्यवस्थापन, तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीन रुपमा प्रभाव राख्ने प्रकृतिका भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।