logo

सहकारी विकास बोर्डको सह - अध्यक्षमा सहकारी अभियन्ता पौडेल नियुक्त,

    1810   पटक पढिएको


२१ कार्तिक / अर्थ र व्यापार - काठमाडौं सरकारले सहकारी विकास बोर्डको सह–अध्यक्षमा सहकारी अभियन्ता दक्ष पौडेललाई नियुक्त गरेको छ । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामीचार वर्षे कार्यकालमा नियुक्त गरेको हो । लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशीलपौडेल यसअघि सहकारी विकास बोर्डको सञ्चालकथिए । बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने नीतिगत व्यवस्था छ । यसअघि बोर्डको सहअध्यक्षमा सरोज शर्मा्थिए । बोर्डले सहकारीका लागिआवश्यक नीतिनियम बनाउने काम गर्छ ।
नवनियुक्त पौडेलले सहकारी क्षेत्रमा देखिएका विकृति न्यूनीकरण गर्दै सहकारी संस्थालाई सहकारीको मूल्यमान्यताअनुसार सञ्चालन गर्नका लागि पहल गर्ने बताए । सहकारीका विश्वव्यापी मान्यतालाई अक्षरशः पालना हुनेगरी समतामूलक समाज निर्माणका लागि खुला बजार अर्थतन्त्रमा आधारित सहकारी अभियानलाई व्यापक रुपमा परिचालनगर्ने योजना रहेको पौडेलले सुनाए ।‘सहकारीको नामबाट जनता ठग्ने र राज्य ठग्ने परिपाटी अन्त्यगर्नकालागि दण्ड सजायआवश्यक छ,’ पौडेलले भने, ‘सहकारीलाई खुम्च्याउने होइन बढाउनुपर्छ ।’
अहिले मुलुकभर ३३ हजार सहकारी २१ भन्दाबढीविषयगत सहकारी संघ छन् । सदस्यता, कार्यक्षेत्र व्यापकबनाएर व्यक्ति, फार्म, संस्थाले सदस्यलिनपाउनुपर्ने व्यवस्थागर्नुपर्ने पौडेलले बताए । ‘खुला सदस्यताविश्वव्यापीमान्यताहो,’ उनले भने, ‘व्यक्ति, संस्था, फर्मले समस्यतालिन सकोस् भन्ने मान्यता छ ।’ सहकारीको संख्यात्मक वृद्धिलाई घटाएर गुणस्तर विकास गर्दै सेवामाविविधीकरण गर्नुपर्ने बताए । सहकारी क्षेत्रले बचत र ऋणको कारोबारमात्रहोइनउत्पादनमूलक क्षेत्रमालगानीगर्न आवश्यक रहेको पौडेलको धारणा छ । विदेशबाट आउने रेमिटेन्सलाई सहकारीमार्फत भित्रयाएर उत्पादनमालगाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने माउनले जोड दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।