१८ मंसिर / अर्थ र व्यापार - २०७४ नारायणस्थानस्थित चपली हाइटमा केहीबेरअघि बम बिष्फोटन हुँदा काठमाडौं – ४ का कांग्रेस उम्मेदवार गगन थापासहित ५ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ’म टिचिङ् अस्पातल जाँदै छु, गगन दाईसहित ५ जना घाइते भएको जानकारी आएको छ’ गगन थापाका निकटस्थ प्रताप पौडेलले भने, ’घाइतेसाथीहरुलाई अस्पताल ल्याइसकेको खवर छ ।’
नेपाल प्रहरी काठमाडौं परिषरका प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्राले लागेको जनाएको छ । गगनका सहयोगी शंकर घिमिरेका अनुसार गगनको डाडमा चोट लागेको छ भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ ।
तपाईको प्रतिक्रिया