२६ पुस/अर्थ र व्यापार– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउन आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले स्थानीय तहमा विनियोजित रकममध्ये १२६ अर्ब रुपैयाँ खर्च हुन बाँकी रहेको भन्दै रकम खर्चेर गाउँपालिका र नगरपालिकामा विकास निर्माणको काम अघि बढाउन आग्रह गरेको हो ।
बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहमा पुँजीगत खर्च बढाउन र कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि आग्रह गरे ।
तपाईको प्रतिक्रिया