१६ जेठ / अर्थ र व्यापार- अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन गर्दै बजेटबारे चौतर्फी सकारात्मक प्रतिक्रिया पाएको र बजेट कार्यान्वयन प्रत्येक वर्ष चुनौतीपूर्ण देखिए पनि आफूले नतिजा देखिने गरी काम गर्ने वताए ।
कामचलाउ सरकारबाट पूर्ण बजेटको विरोधतर्फ इंकित गर्दै उनले संवैधानिक प्रबन्ध अनुरुप यो बजेट आएको वताए । संसद नभएको समयमा अध्यादेशबाटै बजेट पेश गर्ने अधिकार सरकारलाई संविधानले दिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा कानुनअनुसार नै करको दर निर्धारण गरिएको राजस्व सचिव रामशरण पुडासैनीले बताए । त्यस्तै बजेटले अर्थतन्त्रलाई पुनरुउत्थान गर्दै आर्थिक गतिविधि बढाउने अर्थसचिव शिशिरकुमार ढुङगानाले वताए । उनले आगामी वर्षमा खोप कार्यक्रमका लागि स्रोत सुनिश्चितताका लागि मात्रै बजेटमा समावेश गरिएको बताए । सकारले चालु वर्षमै खोप कार्यक्रम सक्ने तयारी गरेको उनको भनाई थियो ।
तपाईको प्रतिक्रिया