४ माघ/अर्थ र व्यापार– निर्वाचनबारे छलफल गर्नका लागि निर्वाचन आयोगले आइतबार सर्वदलीय बैठक बोलाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनबारे छलफल गर्नका लागि प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दललाई बैठकमा बोलाइएको बताए ।
प्रवक्ता श्रेष्ठले राजनीतिक दलका प्रतिनिधिहरुसँग आयोगमा अहिले छलफल भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया