logo

सात दिनभित्र आधिकारिकता दाबी गर्न दाहाल–नेपाल र ओली पक्षलाई निर्वाचन आयोगको पत्र

    1714   पटक पढिएको

२४ पुस/अर्थ र व्यापार– निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल र ओलीसमूहलाई सात दिनभित्र आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ ।

नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरूको व्यहोरा समावेश गरेर आयोगले दवै पक्षलाई पत्र पठाएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्णय गरेर दुवै पक्षलाई पत्राचार गरिसकेको भन्दै सात दिनभित्र आधिकारिकता दाबीसहित आएमा त्यसपछि थप प्रक्रिया अघि बढाईने बताए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दल विभाजनपछि आधिकारिकता दाबी गर्नुपर्ने हुन्छ । तर आयोगले यसअघि नै पत्र पठाएको भए पनि दुवै समूहले आधिकारिकताको दाबी गरेका छैनन् ।

अहिलेसम्म नेकपाका दुवै समूहले केन्द्रीय कमिटीका बैठकका निर्णय, एकले अर्कालाई कारबाही गरेको पत्र र बहुमत रहेको निवेदन भने दर्ता गरेका छन् । त्यसरी दिएको निवेदन कानुनसम्मत नहुने आयोगले बताएको छ ।आयोगमा दाहाल–नेपाल समूहले अहिलेसम्म तीनवटा र ओली समूहले दुईवटा निवेदन पेस गरेका छन् ।

राजनीतिक दलसम्बन्धी नियम २५ को नियम ४ अनुसार जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधारसहितको विवरण पेस गर्न सात दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।