२९ माघ /अर्थ र व्यापार- हेटौडा। प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले शपथ लिनु भएको छ । यो सगै नेपालले औपचारिक रुपमा पहिलो मुख्यमन्त्रीका रुपमा पौडेललाई पाएको छ । उहाले अहिले केहीबेरमा पदभार ग्रहण गर्दै हुनुहुन्छ । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उहा पहिलो व्यक्ति हुनुहुन्छ ।
प्रदेश प्रमुखको कार्यलयमा आयोजित विशेष समारोहका विच उहालाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ खुवाउनु भयो । शपथ ग्रहणमा सभामुख सानुकुमार श्रेष्ठको पनि उपस्थिति थियो । पौडेल २०४९ र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर थिए।
उनीसँग नेपाल नगरपालिका संघमा १५ वर्ष अध्यक्ष भएर काम गरेको अनुभव पनि छ । संविधान जारी भएपछि गठित स्थानीय तह पुनर्संरचना आयोगमा उनी सदस्य थिए।
तपाईको प्रतिक्रिया