२१ कात्तिक/अर्थ र व्यापार- संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले शुक्रबार भर्चुअल बैठक मार्फत अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले निजी अस्पतालमा कोरोना संक्रमित परिक्षण तथा उपचारमा लाग्ने खर्चको सन्दर्भमा पनि अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।
निजी अस्पतालले सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न समेत निर्देशन दिएको छ ।
साथै, कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा र भत्ताको विषयमा सरकारलाई गम्भीर बन्न भन्दै तोकेको भत्ता बेलैमा दिन निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया