logo

ओली सरकारको विरुद्धमा नेप्सेका सिइओ साउद अदालत जाने 

    2319   पटक पढिएको

२५ आषाढ/अर्थ र व्यापार– केपी ओली सरकारले देउवा सरकारको पालामा नियुक्त भएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बर्खास्ती गरेको छ ।

बर्खास्ती पछि नेप्सेका सिइओ साउदले आफु माथि सरकारले अन्याए गरको भन्दै सरकारको निर्णय विरुद्ध अदालत जाने बताएका छन् । 

देउवा सरकारले साउदलाई आठ महिना अघि खुला प्रतिस्पर्धा मार्फत असोज २३ गते नेपाल स्टक एक्सचेन्जमा नियुक्त थियो । ओली सरकारको विरुद्धमा आज वा भोली अदालत जाने तयारीमा छन् । ‘सरकारले म माथि अन्याय गरेको छ’ । ‘कानुन व्यवसायीहरुसंग छलफल गरेर आज वा भोली कानुनी उपचार खोजिन उनले बताए’ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको गत बुधवार बसेको बैठकले कांग्रेसलाई काउन्टर दिने निर्णय गरेसँगै मध्यरातमा क्याविनेट बसेर देउवाले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेको थियो । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सा शिक्षा अध्यादेश,गोविन्द केसीको अनसन र निषेधाज्ञाका बारेमा संसद र सडकमा आन्दोलन गर्ने घोषणा गरेपछि ओली सरकारले कांग्रसलाई काउन्टर दिदै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको मिति २०७४ भदौ १४ गतेदेखि  फागुन ३ गते ओली सरकार गठन भएसम्मका नियुक्तिहरु खारेज गरेको थियो ।

अर्थमन्त्रालयले आइतबार साउदलाई बर्खास्ती गरेको हो । साउदले आइतबारसम्म नेप्सेमा काम गरेका थिए । साउदको बर्खास्ती पछि महाप्रवन्धक नियुक्ती नभएसम्मका स्टक एक्सचेन्जमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई जिम्मेवारी दिईएको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।