logo

स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन 

    1678   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार– प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै उद्योगी, व्यवसायी र सर्वसाधारणले बुटवलमा प्रदर्शन गरेका छन् ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले घोषणा गरेको निषेधित क्षेत्रमा बुटवलका दुई दर्जन भन्दाबढी व्यवसायिक संस्थाहरुले प्रदर्शन भएको हो ।

जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी ४ दिनको लागि विभिन्न क्षेत्रमा निषेधाज्ञ जारी गरेको छ । 

निषेधाज्ञका बावजुत बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोरोना महामारीको असहज परिस्थितिको मौका छोपेर मुख्यमन्त्री शंकर पोखरेलको स्वार्थमा राजधानी दाङ सार्ने प्रयास भएको प्रदर्शनकारीहरुले बताएका छन् । 

कोणसभामा बोल्ने वक्ताहरुले स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाइृ आग्रह गरेका छन् । उनीहरुले पर्याप्त पूर्वाधार बनिसकेकाले रुपन्देहीको बुटवल नै प्रदेश राजधानीको लागि उपयुक्त रहेको भन्दै सांसंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द जिसी लगाएतले स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा अभिव्यक्ति दिएका थिए ।   

राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेसले आहृवान गरेको रुपन्देही बन्दका कारण  मुख्य राजमार्गहरुमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।