२७ माघ/ अर्थ र व्यापार- सुर्खेत । सुर्खेतमा माथिल्लो कर्णालीको कार्यालयमा वम विष्फोट गराएको छ । शनीबार राति साढे १० बजे वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वम विष्फोट गराएको हो ।
उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ । कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले भने आफुले विस्फोट पछि के भयो केही थाहा नपाएको बताएका छन् ।
घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
तपाईको प्रतिक्रिया