२६ कात्तिक / अर्थ र व्यापार - गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, कोपिला भट्ट, गकुल कुमाल, भरत कोइराला र बिशाल गजुरेल रहेका छन् । चुनावको शान्ति सुरक्षा खलबल्याउन सक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको डीएसपी भेषराज रिजालले बताए ।
गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लाको बिभिन्न ठाउँबाट शनिवार राति उनीहरुलाई पक्राउ गरिएको रिजालले बताए । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया