१५ कात्र्तिक / अर्थ र व्यापार- विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ प्रदेश “क” मा समाजसेवी रामहरी अधिकारी लाई उम्मेदवार बनाएको छ । अधिकारीले भोली उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको छ ।
अधिकारीले टिकट पाए पश्चात कुरा गर्दै मुलुक र आफ्नो क्षेत्रको आर्थिक सम्वृद्धि र आर्थिक क्रान्ति नै आफ्नो प्रमुख एजेण्डा रहेको वताए । मुलुकको कृषि, पर्यटन र हाईड्रोपावरको विकास मार्फत मुलुकको आर्थिक सम्वृद्धि नै आफ्नो एजेण्डा रहेको उनले वताए ।
अधिकारी धुम्वाराही स्थित गौरा गणेश मार्गमा विगत २५ वर्ष देखि स्थायी वसोवास गर्दै आएका छन । अधिकारी लामो समय देखि समाजसेवामा सक्रिय छन ।
तपाईको प्रतिक्रिया