जेठ १९÷अर्थ र व्यापार- नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एमालेले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको वताएका छन । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शंकर पोखरेलले उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवारका लागि योग्य रहेको स्पष्ट पारे । उनले पार्टीले बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको बताए ।
उनले सरकारको नेतृत्वको विषयमा कांग्रेस भित्रै बाट पनि विकल्प खोजे स्वागत गर्ने पनि वताए । उनले वर्तमान गठबन्धन लाई कायमै राखेर सरकार गठन गर्ने कुुरा राष्ट्र र जनताको हितमा नहुने पार्टीको निरन्तरको ठम्याई रहेको पनि स्पष्ट पारे ।
एमाले नेता पोखरेलले राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी हुने दावी समेत गरे । उनले निर्वाचन प्रक्रिया सुरु भएपछि सबै मधेश केन्द्रित दलहरु निर्वाचनमा भाग लिने बताए । नेता पोखरेलले निर्वाचनमा भाग नलिए मधेश केन्द्रित दलहरु आफै समाप्त भएर जाने चेतावनी समेत दिए ।
तपाईको प्रतिक्रिया