कात्तिक १४ / अर्थ र व्यापार - सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय घोषणा गरिएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । केहीबेरअघि ललितपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई सजाय भुक्तानका लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । ओखलढुंगाका उज्वनकुमार श्रेष्ठको हत्यामा दोषी रहेको ठहर गर्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर र गरी सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो भने सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
तपाईको प्रतिक्रिया