logo

गोरखामा नारायणकाजी र बाबुरामले भोट हाले

    1418   पटक पढिएको

 


१० मंसिर / अर्थ र व्यापार - गोरखा । गोरखाका सबै मतदान केन्द्रमा मतदान शुरु भएको छ । २१३ मतदान स्थल र २८२ मतदान केन्द्र रहेको गोरखामा बिहान सात बजेबाट मतदान शुरु भएको हो । गोरखा २ बाट चुनाव लडेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँशक्तिका डा. बाबुराम भट्टराई दुबैले मतदान गरेका छन् ।

हरेक मतदान केन्द्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । असहाय, बृद्ध र अपांगता भएकाहरुलाई लाइन बस्न नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएको छ । ‘हेभि वेट’ का नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावमा भिडेकाले सबैको चासोको बिषय बनेको छ गोरखा क्षेत्र नम्वर २ । श्रेष्ठले जौबारीको परोपकार आदर्श बहुमुखी क्याम्पसबाट र डा. भट्टराइले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गरे । श्रेष्ठ केही दिनदेखि बिरामी छन् । बिरामी भएकै कारण सबै मतदान केन्द्रहरुमा पुग्ने उनको योजना प्रभावित बनेको छ । तर मतदान गरेसँगै उनी केही मतदान केन्द्रको अवलोकनमा भने निस्किएका छन् ।

यता गोरखा क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उमेदवार कांग्रेसका चिनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरिराज अधिकारी पनि मतदान गर्ने तयारीमा छन् । बिहानैदेखि मतदाताहरु मतदानका लागि लामवद्ध भएर बसेका छन् । भयरिहत वातावरणमा चुनाव गर्न हरेक मतदान केन्द्रमा बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।