२६ कात्तिक / अर्थ र व्यापार - अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बालुवाटारबाट पार्टी प्रवेश गराएका हुन् । अनुराधा चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय छिन् । उनले माइती नेपाल नामक संस्थामार्फत बेचबिखन भएका चेलिबेटी उद्दार र सामाजिक पुर्नस्थापनाका लागि पनि काम गर्दै आएकी छिन् ।
कोइराला विगतमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा महिला तथा बालबालिका मन्त्री बनेकी थिइन् । पार्टी प्रवेशपछि कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताईन् ।
तपाईको प्रतिक्रिया