logo

सञ्चालकसहित नाइट क्लबका ८ जना पक्राउ

    1620   पटक पढिएको

 


मंसिर २९ / अर्थ र व्यापार - २०७४ चर्चित अमेरिकन डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने दरबारमार्र्ग्स्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ हजार क्षमताको उक्त क्लबमा ७ हजारभन्दा बढीलाई टिकट बेचेर सञ्चालकले झन्डै ४० लाख रुपैयाँ उठाएको प्रहरीको अनुमान छ । दर्शकले खचाखच भरिएको क्लबमा बुधबार राति १ बजे सञ्चालकले अमेरिकी डीजे आउन नसक्ने घोषणा गरेपछि आक्रोशित भीडले क्लबमा तोडफोड गरेको थियो । तोडफोडबाट क्लबमा ठूलो क्षति भएको छ । 
क्लबको क्षमताभन्दा बढी दर्शकलाई टिकट बेचेको भन्दै प्रहरीले क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बाँस्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र रितेश माडवाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईपीएल टोली चितवन टाइगरका कप्तानसमेत रहेका बाँस्कोटा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी हुन् । महानगरीय अपराध महाशाखाका एसएसपी दिवस लोहनीले निर्धा्रित समयभित्र डीजे नआएपछि आक्रोशित दर्शकले क्लब तोडफोड गरेको बताए ।

तोडफोडबाट क्लबमा निकै ठूलो क्षति पुगेको भन्दै लोहनीले सञ्चालकले क्षमताभन्दा बढी दर्शक भित्र्याएकाले उनीहरूलाई पक्राउ गरेको बताए । ‘मार्समेलोलाई ल्याउने भन्दै सञ्चालकले क्षमताभन्दा बढी टिकट बेचेछन्,’ उनले भने, ‘पैसा पाइन्छ भनेर ठग्न त भएन ।’ सञ्चालकले ७ हजार जनाबाट प्रतिव्यक्ति २५ देखि ३५ सय रुपैयाँका दरले टिकट बिक्री गरेको उनले बताए । ३ हजारको दर्शक क्षमता भए पनि आवतजावत भइरहने भएकाले ७ हजार टिकट बिक्री गरेको प्रहरीसमक्ष सञ्चालकले बताएका छन् । दर्शकबाट ४० लाख रुपैयाँभन्दा बढी उठाएको प्रहरीको अनुमान छ ।

अमेरिकाबाट डीजे काठमाडौं आएरनआएकोबारे प्रहरीलाई कुनै जानकारी नभएको उनले बताए । ‘हामीलाई यसबारे कुनै जानकारी छैन, हल्ला आएको छ भन्ने छ, अनुसन्धान नगरी केही भन्न सक्ने अवस्थामा छैनौं,’ उनले भने । नाइट क्लबमा पुगेको क्षतिबारे सञ्चालकले प्रहरीसमक्ष कुनै उजुरी दिएका छैनन् । डीजे मार्समेलोले फुडपोइजन भएका कारण नेपाल आउन असमर्थ भएको भन्दै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा माफी मागे पनि डीजे आउनेरनआउनेबारे कसैलाई जानकारी थिएन । सञ्चालकले भने यसबारे कुनै बयान नदिएको लोहनी बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।