logo

निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ, अधिकांश विप्लवका कार्यकर्ता

    1435   पटक पढिएको


१७ मङ्सिर / अर्थ र व्यापार  - काठमाडौँ – निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अधिकांश नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार कास्कीको ३ ठाउँमा बम पड्काएको आरोपमा मिलन राई, कुमार तामाङ र दिलबहादुर सुनार पक्राउ परेका छन् । तीनै जना विप्लव समूहका सदस्य हुन् ।

बारामा काजि तिमल्सिना, संखुवासभामा बम पड्काउने छत्रमणी अधिकारी, भोजपूरमा महेन्द्र  तामाङ पक्राउ परेका छन् । यी सबै विप्लवका कार्यकर्ता हुन् । सिराहामा प्रहरी गस्तीमा गोली हान्ने तीनजना पक्राउ परिसकेको न्यौपानेले बताए । उदयपुरमा १ जना पक्राउ परेका छन्। उनको पार्टीगत संलग्नता खुलेको छैन । निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा ५ सय ८१ जना पक्राउ परेका छन् भने विभिन्न घटनामा १३९ जना पक्राउ परेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मनोनयनपछि ५० भन्दा बढी स्थानमा बम भेटिएको थियो। अधिकांश बम नक्कली भेटिएको न्यौपानेले बताए । आइतबार रक्षामन्त्री भिमसेनदास प्रधानको घर नजिक फेला परेको शंकास्पद बस्तु समेत नक्कली बम रहेको उनले बताए ।
चुनाबी सुरक्षामा नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र,राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालित छन् । ’अधिकांस स्थानमा आतंक फैलाउन नक्कली बम राखेको खुलेको छ,’ प्रवक्ता न्यौपानेले भने ’सुरक्षा परिचालन र सतर्कता दुबै बढाएका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।