logo

निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ, अधिकांश विप्लवका कार्यकर्ता

    1715   पटक पढिएको


१७ मङ्सिर / अर्थ र व्यापार  - काठमाडौँ – निर्वाचन विथोल्न बम पड्काउदै हिड्ने ८ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अधिकांश नेत्र विक्रम चन्द विप्लव समूहका सदस्य छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार कास्कीको ३ ठाउँमा बम पड्काएको आरोपमा मिलन राई, कुमार तामाङ र दिलबहादुर सुनार पक्राउ परेका छन् । तीनै जना विप्लव समूहका सदस्य हुन् ।

बारामा काजि तिमल्सिना, संखुवासभामा बम पड्काउने छत्रमणी अधिकारी, भोजपूरमा महेन्द्र  तामाङ पक्राउ परेका छन् । यी सबै विप्लवका कार्यकर्ता हुन् । सिराहामा प्रहरी गस्तीमा गोली हान्ने तीनजना पक्राउ परिसकेको न्यौपानेले बताए । उदयपुरमा १ जना पक्राउ परेका छन्। उनको पार्टीगत संलग्नता खुलेको छैन । निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा ५ सय ८१ जना पक्राउ परेका छन् भने विभिन्न घटनामा १३९ जना पक्राउ परेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मनोनयनपछि ५० भन्दा बढी स्थानमा बम भेटिएको थियो। अधिकांश बम नक्कली भेटिएको न्यौपानेले बताए । आइतबार रक्षामन्त्री भिमसेनदास प्रधानको घर नजिक फेला परेको शंकास्पद बस्तु समेत नक्कली बम रहेको उनले बताए ।
चुनाबी सुरक्षामा नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र,राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालित छन् । ’अधिकांस स्थानमा आतंक फैलाउन नक्कली बम राखेको खुलेको छ,’ प्रवक्ता न्यौपानेले भने ’सुरक्षा परिचालन र सतर्कता दुबै बढाएका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।