logo

राजु साह तेलीसहित पोखरियामा हजारौंको संख्यामा अन्य पार्टी परित्याग गरि जसपामा प्रवेश

    1854   पटक पढिएको

८चैत/अर्थ र व्यापार – बिभिन्न दल परित्याग गरि सोमबार हजारौको संख्यामा जनता समाजबादी पार्टी नेपालमा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर–३ द्वारा आयोजित आम सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, एमाले, माओबादी, लोसपा लगायतका अन्य पार्टी परित्याग गरि हजारौको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन ।
सो कार्यक्रममा पोखरियाका चर्चित नेता राजु साह तेलीसहित उनको नेतृत्वमा हजारौंकोे संख्यामा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । यसैगरि, पकहा मैनपुर गाउँपालिकाबाट पनि सयौंको संख्यामा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।
नव प्रवेशीहरुलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले माला र टिका लगाएर आफ्नो पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा पर्साको बिभिन्न पालिकाहरुबाट नेता कार्यकर्ताहरु जसपामा प्रवेश गर्नकालागि कार्यक्रम स्थलमा पुगेका थिए ।
जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर–३ का संघीय सांसद हरिनारायण रौनियार,मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी,प्रदेश सांसद मन्जुर अन्सारी,सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष एवं जसपा नेता प्रदिप जैसवाल,पोखरिया नगरपालिकाकी उपप्रमुख एवं जसपा नेतृ सल्मा खातुन लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसअघि सोमबार नै वीरगञ्जमा पनि सयौंको संखयामा अन्य पार्टी परित्याग गरि नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । अझै नेता कार्यकर्ताहरु विभिन्न दलबाट जसपामा आउने क्रमले निरन्तरता पाउने जसपा नेपालका सांसद तथा शीर्ष नेताहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।