logo

राजु साह तेलीसहित पोखरियामा हजारौंको संख्यामा अन्य पार्टी परित्याग गरि जसपामा प्रवेश

    1500   पटक पढिएको

८चैत/अर्थ र व्यापार – बिभिन्न दल परित्याग गरि सोमबार हजारौको संख्यामा जनता समाजबादी पार्टी नेपालमा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर–३ द्वारा आयोजित आम सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, एमाले, माओबादी, लोसपा लगायतका अन्य पार्टी परित्याग गरि हजारौको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन ।
सो कार्यक्रममा पोखरियाका चर्चित नेता राजु साह तेलीसहित उनको नेतृत्वमा हजारौंकोे संख्यामा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । यसैगरि, पकहा मैनपुर गाउँपालिकाबाट पनि सयौंको संख्यामा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।
नव प्रवेशीहरुलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले माला र टिका लगाएर आफ्नो पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा पर्साको बिभिन्न पालिकाहरुबाट नेता कार्यकर्ताहरु जसपामा प्रवेश गर्नकालागि कार्यक्रम स्थलमा पुगेका थिए ।
जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर–३ का संघीय सांसद हरिनारायण रौनियार,मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी,प्रदेश सांसद मन्जुर अन्सारी,सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष एवं जसपा नेता प्रदिप जैसवाल,पोखरिया नगरपालिकाकी उपप्रमुख एवं जसपा नेतृ सल्मा खातुन लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसअघि सोमबार नै वीरगञ्जमा पनि सयौंको संखयामा अन्य पार्टी परित्याग गरि नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । अझै नेता कार्यकर्ताहरु विभिन्न दलबाट जसपामा आउने क्रमले निरन्तरता पाउने जसपा नेपालका सांसद तथा शीर्ष नेताहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।