logo

नेविसंघ महाधिबेशन सुनिश्चितताको माग गर्दै ज्ञापन पत्र पेश

    1604   पटक पढिएको

६ चैत्र / अर्थ र व्यापार- नेविसंघ संघर्ष समितिले विभिन्न माग राख्दै नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिवलाई ज्ञापन पत्र वुझाएको छ ।

आईतवार नेविसंघ संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा नेविसंघको विधानको पूर्ण कार्यान्वयन गरियोस, सबै उमेर समुहका विधार्थीहरुको प्रतिनिधित्व हुने गरि विधानसम्मत तदर्थ समिति गठन गरियोस, आसन्न तीनवटै तहका निर्वाचनमा युवा, विधार्थी परिचालन गर्न वातावरण तयार गरियोस, स्ववियु निर्वाचन र नेविसंघको महाधिबेशनको ग्यारेन्टि गरियोस र नेािवसंघको १२ औं महाधिबेशनको सुनिश्चिचता गरियोस भन्ने लगायतका माग उल्लेख छन ।

कांग्रेस केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममका नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा नेताहरु लिला वल्द्व दाहाल, मोति भण्डारी, तिर्थ गौतम, शान्ता सिवाकाटी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेविसंघका नेता लिला वल्द्व दाहालले २०६२/ ६३ को आन्दोलनमा सक्रिय भुमिका खेलेका नेताहरुलाई उमेरहद लगाएर हटाउनु गलत भएको भन्दै सबै उमेर समुहका विधार्थीहरुलाई समेट्नु आवश्यक रहेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।