logo

हामीलाई सिध्याउने ओलीको षड्यन्त्र एकै चुट्कीमा समाप्त भयो : नेपाल

    1914   पटक पढिएको

१७ फागुन /अर्थ र व्यापार – सरकारका सक्ता सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हामीलाई सिध्याउने षड्यन्त्र एकै चुटुकीमा समाप्त भएको बताएका छन । ओलीमा अहंकार भरिएको भन्दै उनले ओलीले दुईदेशीय सहमतिमा पनि राजनीति गरेको आरोप लगाए ।
मंगलबार काठमाडौंमा आफ्नो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन । उनले ओलीमा देशभक्तिको भावना नभएको भन्दै आफू सक्षम हो भने तर्क र बहस गर्न मैदानमा आउन चुनौती दिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्नुपर्ने भए ओलीले आफ्नो सर्त पूरा गर्न दबाब दिएको पनि बताए । पूर्व प्रधानमन्त्री ओलीले एमसीसीमा आफ्नो दलको समर्थन छ भनेर विभिन्न सर्त राख्ने दोहोरो चरित्र अहिले समाप्त भएको बताउँदै नेपालले भने, ‘सर्त पनि सभामुखलाई अभियोग लगाउन, गठबन्धन तोड, केही प्रदेशमा मुख्यमन्त्री देऊ, केही मन्त्री देऊ, माधव नेपालको सांसदलाई कारबाही गर, पार्टी खारेज गरिदेऊ भन्ने राखेछन् । ’ यसैगरि, उनले आफूहरूलाई निमिट्यान्न पार्ने ओलीको दुई सातादेखिको षड्यन्त्र एकै मिनेटमा, एकै चुट्कीमा समाप्त भएको बताए ।
यसैगरि, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीमा ओली एन्ड कम्पनीले संसद्मा प्रहसन देखाएको धारणा राखे । एमसीसी सम्झौताका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्मा प्रहसन प्रस्तुत गरेको आरोप लगाउँदै नेपालले एमालेले एमसीसी सम्झौताबारे जारी गरेको प्रेस नोट आफूले अध्ययन गरेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘एमसीसीबारे हामी धारणा लिन्छौँ र त्यसैअनुसार कदम चाल्छौँ भन्ने ओली एण्न्ड कम्पनीबाट सुनेका थियौँ । तर, हामीले अन्त्यमा एमाले न समर्थन न विरोधमा देख्यौँ । संसद्मा प्रहसन देखाउने बाहेक केही गरेन ।’ नेपालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।