logo

माओवादी एमसीसीको विपक्षमा, जबरजस्ती अघि बढाए सरकार छाड्ने चेतावनी

    1660   पटक पढिएको

४ फागुन/अर्थ र व्यापार– नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ।
सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।
माओवादी प्रमुख सचेतक देव गुरुङले भने, ’एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’ माओवादीले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै माओवादीले यो अवस्थामा कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बताएको छ । 

‘एमसीसीमा राष्ट्रिय सहमति नजुटिकन यो प्रक्रिया अगाडि बढ्न सक्दैन । एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, कमसेकम सरकारमा रहेका दलहरुबीचमा सहमति हुनुपर्छ,’ उनले अघि भने, ‘सरकारले जबरजस्ती गर्न खोज्यो भने सहमति विना गर्ने सरकारले गठबन्धन तोड्ने कुरा हुन्छ । गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा शायद आउँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।