१ साउन/अर्थ र व्यापार– चीन सरकारले थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भएको छ।
शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने बारे औपचारिक जानकारी गराएकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले चीन सरकारले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन् ।
भेटमा राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी छिन् । प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया