logo

निर्वाचन विरोधी गतिविधिमा संलग्न पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ

    1648   पटक पढिएको

 

 

१९ मंसिर / अर्थ र व्यापार - पोखरा । निर्वाचनमा सुरक्षा चुनौति देखिएको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट १ सय २४ जना पक्राउ परेका छन् । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न र हतियारसहित डर पैदान गर्ने काम गरेको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने अधिकांशमा विप्लव नेतादेखि स्थानीय कार्यकर्तासम्म छन् । पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिले जनाएको छ ।

 

पश्चिमाञ्चलका धेरै ठाउँमा पहिलो र दोस्रो चरणको निर्वाचनमा बम बिस्पोटदेखि थर्काउने धम्काउनेसम्मका गतिविधि भएका छन् । केही दिनअघिमात्र तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा १ उम्मेदवार प्रदीप पौडेलको घरमा बम प्रहार भएको थियो भने कास्की क्षेञ नम्बर २ को प्रदेश सभा २ का कांग्रेस उम्मेदवार विन्दुकुमार थापा घर नजिकै राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको थियो ।

 

सोमबार मात्रै तनहुँमा ४ वटा पेस्तोल र ठूलो परिणाममा त्यसमा लाग्ने गोलीसहित ३ जना युवालाई पक्राउ गरिएको थियो । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आशंका उनीहरुमाथि नरहे पनि हतियारसहित पक्राउ पर्नुलाई सामान्य रुपमा लिन नहुने प्रहरी बताउँछ । पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्ति समातिएका थिए भने अहिले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा निगरानी बढाउँदै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने काम सुरक्षाकर्मीले गरिरहेका छन् । सीमावर्ती जिल्लामा अन्तरदेशीय बैठक गरेर सुरक्षामा समन्वयको व्यवस्था मिलाएको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । ‘निर्वाचनमा सहभागी दल र उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा समन्वय गरेका छौं,’ क्षेत्रीय प्रशासक अर्यालले भने, ‘सुरक्षा जाँच बढाइएको छ । सबै सुरक्षा निकायबाट गस्ती एवं पेट्रोलिङ र आवश्यकता अनुसार हवाई गस्तीसमेत भइरहेका छन् ।’

 

पश्चिमाञ्चल क्षेत्र अन्तर्गत प्रदेश नं. ४ का ५ जिल्लाहरु तनहुँ, स्याङ्जा, कास्की, पर्वत, नवलपरासी (सुस्ता पूर्व र प्रदेश नं. ५ का ६ जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासी (सुस्ता पश्चिम) मा २१ मंसिरमा निर्वाचन हुँदैछ । उक्त जिल्लाहरुमा जिल्ला स्तरीय सुरक्षा संयन्त्र मार्फत निर्वाचन सुरक्षा कडा बनाएको समेत क्षेत्रीय प्रशासक अर्यालले बताए ।

 

निर्वाचन सुरक्षाका लागि प्रदेश नं. ४ का ५ जिल्लामा १४ हजार २ सय २८ जना र प्रदेश नं. ५ को ६ जिल्लामा २१ हजार १ सय १९ जना गरी ३५ हजार ३ सय ७७ जना सुरक्षाकर्मी परिचालन भएका छन् । सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको थपघट गरिने क्षेत्रीय सुरक्षा समितिले जनाएको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको क्षेत्रीय प्रशासक अर्याल बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।