logo

कृषि क्षेत्रको विकासका लागी विश्व बैंकद्धारा ९ अर्ब ४४ करोड ऋण स्वीकृत

    1846   पटक पढिएको


१६ कात्तिक/अर्थ र व्यापार– विश्व बैंकले नेपालको नेपालको कृषि क्षेत्रको विकास र अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरणका लागि लगानी गर्ने भएको छ । 

विश्व बैंकको बोर्ड बैठकले ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ‘ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना’ स्वीकृत गरेको हो ।

कृषिका माध्यमबाट महिला उद्यमशीलताको विकास र कोभिड–१९ ले पारेको आर्थिक असर न्यूनीकरण तथा स्थानीय तहमा रोजगारी सृजना गर्नेमा परियोजना केन्द्रित गरिनेछ ।

नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भाेसले ऋण स्वीकृतिबारे जानकारी दिँदै यो परियोजनाको कार्यान्वयन सरकार र निजीक्षेत्रको सहकार्यमा हुने बताएका छन् । परियोजनाबाट चिया, कफी, फलपूmल तथा जडीबुटीको बजारीकरण तथा कोभिड–१९ को असर न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ ।

 प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने परियोजनाले मुख्यतः ग्रामीण अर्थतन्त्रको विविधीकरण र यसको बजार विस्तारमा महत्वपुर्ण हुने विश्व बैंकको अपेक्षा छ ।

अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले परियोजना कार्यान्वयन ढाँचा स्वीकृत गरेपछि मन्त्रिपरिषद्बाट ऋण स्वीकार गर्ने निर्णय हुनेछ । यससँगै कार्यान्वयनको प्रक्रिया थालनी हुनेछ ।

हाल नेपालमा विश्व बैंकको सहयोगमा २४ ओटा परियोजना सञ्चालित छन्, जसका लागि ३ अर्ब डलरको सहयोग रहेको बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।