logo

वार्षिक एकसय कामदार नपठाएका म्यानपावरको नवीकरण सुरु

    665   पटक पढिएको



२७ साउन/अर्थ र व्यापार – सरकारले वार्षिक १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावरको नवीकरण सुरु भएको छ । वैदेशिक रोजगार विभागले उनीहरूको नविकरण सुरु गरेको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले मंगलबारदेखि नै नवीकरण सुरु गरिएको बताए । दुई वर्षसम्म वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीहरूको इजाजतपत्र रद्ध गरिने कानूनी व्यवस्था थियो । तर, हालै केही नेपाल ऐन संशोधनमार्फत सो प्रावधान खारेज गरिएको छ ।
खारेज गरिएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई नवीकरण गर्न पत्राचार गरेको थियो । सोही अनुसार विभागले नवीकरण सुरु गरेको महानिर्देशक भट्टराईले बताए । उनका अनुसार नवीकरण अनलाइनमार्फत समेत गरिनेछ । त्यसका लागि म्यानपावर व्यवसायीहरूले आवश्यक कागजात अनलाइनमार्फत पेश गर्नपर्ने हुन्छ । सोही आधारमा विभागले नवीकरण गरिदिने उनको भनाइ छ ।
२०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गर्दै दुई वर्षसम्म लगातार वार्षिक एकसय जना कामदार नपठाउने व्यवसायीको इजाजतपत्र रद्ध गर्ने व्यवस्था राखिएको थियो । तर, हरेक वर्ष बाधा अड्काउ फुकाउमार्फत सरकारले नवीकरण गर्दै आएको थियो ।
ऐनमा संशोधन भएपछि नियमावलीमा संशोधन हुन नसक्दा थप अन्यौलता कायम थियो । मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले पुरानो कानूनी व्यवस्थाको अयोग्यता निष्क्रीय भएकाले त्यसरी वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रवालाहरूको नवीकरण गर्नका लागि कुनै कानूनी बाधा नरहेको राय दिएको थियो ।
सोही आधारमा २६ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै श्रम मन्त्रालयले नवीकरण गराउन विभागलाई पत्राचार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।