logo

स्वास्थ्य परीक्षण कार्यमा अवरोध नपुर्याउन दुई संघको आग्रह

बढी रकम असुल्न खोज्ने संस्थाहरूबाट परीक्षण नगराउन आग्रह

    64   पटक पढिएको

८पुष/अर्थ र व्यापार- नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले, नेपाल सरकारले तोकेको मूल्यमा स्वास्थ्य परीक्षण गराउन र वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । मेडिकल तथा ओरियन्टेसन समस्या समाधानका लागि गठित समितिका संयोजक सुजितकुमार श्रेष्ठ तथा स्वास्थ्य संस्था सञ्चालक संघका महासचिव रघुनाथ पनेरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरी उक्त आग्रह गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय पु¥याइएकोमा विरोधपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कात्तिक ३० गते खारेजी भएको अवस्थामा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले सोही शुल्क लिन खोजेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

स्वास्थ्य परीक्षण शुल्क घटाउने श्रम मन्त्रालयको निर्णयपछि पनि केही स्वास्थ्य व्यवसायीहरूले बढेको शुल्क लिन पाउनुपर्ने भनी शुल्क वृद्धि खारेजीको विरोध गर्दै स्वास्थ्य संस्थाहरू बन्द गरी सेवाग्राही कामदारहरूलाई दुःख दिने, कृत्रिम अभाव सिर्जना गरेर वैदेशिक रोजगारीको वातावारण बिगार्ने प्रयास गरिरहेको सुन्नमा आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न बहाना बनाएर साबिकको शुल्कमा स्वास्थ्य परीक्षण गराउने विषयमा मन्त्रालयको विशेष ध्यानाकर्षण गराएको भन्दै दुवै संस्थाले सरकारी निर्णयको उल्लंघन गरी बढी रकम असुल्न खोज्ने स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य परीक्षण नगर्न–नगराउन पनि आग्रह गरेका छन् । नेपाल सरकारले तोकेको गुणस्तरीय स्वास्थ्य परीक्षण गराउने र कामदारको स्वास्थ्य सुरक्षासँग सम्बन्धित सर्तहरू एकआपसमा पालना गर्दै दुई संघका सदस्य संस्थाहरूबीच गुणस्तरीय स्वास्थ्य परीक्षणलाई ध्यानमा राखी सहकार्य गर्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यसका साथै जेनजी आन्दोलनमा शहीद तथा घाइते परिवारको एकाघरका सदस्यलाई वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारद्वारा प्रदान गरिएको पत्र र संघसमेतको सिफारिसका आधारमा स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले घाइतेको हकमा ५० प्रतिशत र शहीद परिवारको हकमा शतप्रतिशत सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।