logo

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको उद्धार गर्न नामावली संकलन सुरु

    581   पटक पढिएको


४ असार/अर्थ र व्यापार – सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ ।
पछिल्लो समय इरानसँगको संघर्ष चर्किएकाले त्यहाँ कार्यरत नेपाली कामदारहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो ।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ । दुतावासले उद्धार आवस्यक भएकाहरूले त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।
इजरायलमा करिब ५ सय ५० जना र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार क्रमशः उद्धार गरिने तयारीमा सरकार अघिबढेको बताए ।
यसअघि सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा गठित कार्यदलले पनि इजरायल र इरानबीचको द्धन्द्धबाट प्रभावित देशमा कार्यरत नेपाली नागरिकालाई सुरक्षित रुपमा राख्न तथा आवस्यक परेकाहरूलाई स्वदेश ल्याउन सरकारले सबै तयारी सुरु गरेको बताएको थियो ।

विगत केही दिनदेखि थप चर्किएको इजरायल– इरान युद्धका कारण आफ्ना नागरिकलाइृ जतिसक्दो छिटो स्वदेश फर्काउन सरकारले उद्धार तथा आवस्यक सहयोगको तयारी सुरु गरेको हो ।
नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन थालेको जनाएको छ । इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गएिको हो ।
निकै डरलाग्दो गोला र बलमे अतालिएका नेपाली कामदारलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारले इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने व्यवस्था मिलाईएको जनाएको छ ।

इजरायली आपत्कालीन सेवाका अनुसार इरानले शनिबार रातिदेखि आइतबारसम्म इजरायलमा घातक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
जेरुसेलम र तेल अभिवमा हवाई आक्रमणको साइरन र धमाकाको आवाज सुनिएको थियो । इजरायली सेनाले लाखौँ इजरायली देशभरि दर्जनौँ सहर र समुदायहरूमा ‘साइरनको आवाजले शरणका लागि भागिरहेको’ बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतका अनुसार इरानमा इजरायली हमलाको पहिलो लहरमा ७८ जनाको मृत्यु भएको र तीन सय २० जना घाइते भएका छन् । तर इरानी अधिकारीहरूले आइतबार बिहानसम्म अद्यावधिक सङ्ख्या प्रदान गरेका छैनन् ।

इरानले इजरायली लडाकू विमानहरूले इन्धन भर्न प्रयोग गर्ने स्थानहरूमा पनि आक्रमण गरेको रिभोलुसनरी गार्ड्सले आइतबार बिहान जनाएको छ । इजरायलले आफ्नो इलाकातर्फ छोडिएका सात ड्रोन रोकेको र इरानमा थप आक्रमण गर्दै आक्रमणहरू रोक्न काम गरिरहेको बताएको छ । तेहरानले शनिबार संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँगको आफ्नो सहयोग सीमित गर्ने वाचा गरेपछि इजरायली आक्रमणमाथि उसको मौनताको आलोचना गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार इजरायलले इरानका आणविक स्थलहरूलाई लक्षित गरेर ‘नयाँ रेखा पार गरेको’ बताएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।