logo

भाषा परिक्षा पास भएर बसेकाहरुले ईपीएस कोरिया शाखामा दिए धर्ना

    472   पटक पढिएको


२२ बैशाख/अर्थ र व्यापार – भाषा परीक्षा पास गरेका बसेकाहरूले दक्षिण कोरिया जान पाउनुपर्ने माग राखेर ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि अझै आफूहरू दक्षिण कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।
धर्नामा बसेकाहरुले आफुहरुले भाषा परीक्षा पास गरेर बसेको १८ महिना बितिसक्दापनि अझै दक्षिण कोरिया जान नपाएपछि बाध्य भएर सरकारलाई दबाब दिन ईपीएस करिया शाखा कार्यालयमा धर्ना दिनुपरेको बताए । अहिलेसम्म आफुहरु कोरिया जान नपाएका कारण अब २ वर्षको रोस्टर अवधि नै समाप्त हुने त्रासले यसरी धर्नामा बस्नुपरेको बताएका छन् । अबको बाँकी समयमा पनि जान पाइन भने त्यतिधेरै मेहेनत गरेर भाषा परिक्षा पास भएरपनि आफुहरुको भविष्य थप अन्योलमा पर्ने चिन्ता बढेको उनीहरुको भनाई छ ।

उनीहरुका अनुसार दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरू मध्ये करिब ४ सय जना मात्रै कोरिया गएका छन् ।
झन्डै ३ हजार भन्दा बढी अझै दक्षिण कोरिया जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्र बाँकी रहेको धर्नामा बसेकाहरुको गुनासो छ ।
सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।