logo

संघद्धारा वैदेशिक रोजगारीका समस्याबारे विभागका महानिर्देशक भट्टराईको ध्यानाकर्षण

    1005   पटक पढिएको


२६ बैशाख/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा देखिएका समस्यासहित प्रमुख ३ समस्या तत्काल समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
संघको नेतृत्वले नवनियुक्त महानिर्देशक भट्टराईलाई बिहीबार विभागमा भेट गरेर बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित वैदेशिक रोजगार प्रशासनमा रहेका समस्या अवगत गराउँदै समाधानका लागि आग्रह गरेको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।
संघले फेमिसमा देखिएको समस्यासहित अनुगमन तथा व्यवसायीविरुद्ध जारी हुने पक्राउ पुर्जी र उजुरीको मेलमिलाप प्रक्रियाबाट समाधान खोज्ने विषयलाई प्राथमिकतामा राख्ने सम्बन्धमा महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराएको संघले जनाएको छ ।
संघले फेमिस प्रणाली विगत केही दिनदेखि नियमितरूपमा नचलेको, कहिले काँही संचालनमा आएपनि काम अत्यन्तै सुस्त भएकाले त्यसको प्रत्यक्ष असर दैनिक ठूलो संख्यामा वैदेशिक रोजगामा जान तयार भएका श्रमिकहरूमा परेको बताएको छ ।
फेमिसमा बारम्बार समस्या आउँदा अग्रिम टिकट बनाइसकेका श्रमिकहरूको रोजगार गुम्ने, व्यवसायी र श्रमिक दुवैलाई आर्थिक र मानसिकरूपमा क्षति पुग्ने तथा नेपालीहरूलाई रोजगार दिने रोजगारदाता मुलुक तथा कम्पनीहरूसँगको विश्वास र सहकार्यमा समेत नकारात्मक प्रभाव पर्ने संघको भनाइ छ । यस्तो गम्भिर समस्याका सम्बन्धमा जानकारी माग्दा जिम्मेवार र समाधानमुखी तथा आधिकारिक सूचनासमेत सार्वजनिक नहुने अत्यन्तै दुर्भाग्यपूर्ण विषय रहेको भन्दै संघले नवनियुक्त महानिर्देशकको कार्यकालमा सुधारको अपेक्षा गरिएको जनाएको छ ।
त्यस्तै संघले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएर काम गरेको अवस्थामा अनुगमन तथा निरीक्षणका लागि भन्दै अनुगमनमा जाने कर्मचारीले भिसा प्रक्रियमा रहेका सम्पूर्ण राहदानीहरू लैजाने, उजुरीको प्रकृति नबुझी संस्थाको कारोबार बन्द गर्ने, संस्थाको धरौटी कायम रहेको अवस्थामा समेत संचालकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने र संचालकलाई आतंकित हुने गरी अनावश्यक प्रश्न गर्ने गरिएकोमा आपत्ति जनाएको छ ।
उजुरीका सम्बन्धमा म्यानपावर संचालकलाई सूचीत नगराइ धरौटी कट्टा गर्ने जस्ता प्रवृत्ति देखिएको भन्दै संघले अनावश्यक दुःख दिने कार्य तत्कालै रोकेर सौहार्दपूर्ण वातावरणमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि पनि महानिर्देशक भट्टराईको ध्या(नाकर्षण गराएको छ ।
त्यस्तै संघले केही व्यक्ति तथा समूहले आफ्नो स्वार्थपूर्तिका लागि मिडियाकर्मी, सामाजिक अभियन्ता वा अन्य तेस्रो पक्षका नामबाट विभागमा उजुरी दर्ता गराइरहेको गुनासो आएको भन्दै इजाजतपत्रवाला संस्थाका विरुद्धमा उजुरी दर्ता गर्नुअघि अनिवार्यरूपमा मेलमिलाप प्रक्रियालाई अघि बढाउन माग गरेको छ ।
प्रारम्भिक छलफल नगरी उजुरी दर्ता गराउँदा व्यवसायीहरू अनावश्यक कानुनी प्रक्रियामा फस्न सक्ने भएकाले मेलमिलाप कक्षमा विभागका एक जना प्रतिनिधिसहित छलफल गरिएमा उजुरीहरूको वास्तविकता प्रष्ट हुने र समस्या समाधानको पहिलो प्रयास हुने सो संघले जनाएको छ ।
विभागका नवनियुक्त महानिर्देशक भट्टराईले वैदेशिक रोजगार प्रशासनमा रहेका प्राविधिक, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि आफूले सकारात्मक पहल गर्ने आश्वासन दिएका छन् ।
संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा गएको संघको टोलीमा संघका पदाधिकारी र सदस्य तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापालगायतका व्यवसायीहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।