logo

विभागले ओरिएन्टेशन सेन्टरहरूसँग स्पष्टीकरण माग्यो

    722   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार – वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेशन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ ।
वैदेशिक रोजगारीमा जान नेपाली कामदारलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमनको क्रममा स्पष्टीकरण माग गरेको हो ।
अनुगमनको क्रममा विभिन्न खालका समस्या देखिएपछि उनीहरूसँग स्पष्टीकरण सोधिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए । त्यसरी स्पष्टीकरण सोधिएका विभिन्न संस्थाहरूमा केहीको भौतिक पूर्वाधार नभएको, कसैको जनशक्ति नभएको,कसैको लोकेसन नभेटिएको उनको भनाई छ।

उनीहरुलाई एक साताको स्पष्टिकरण सोधिएको र स्पष्टीकरण पेस गरे भने कार्यविधि बमोजिम सचेत गराउने कि जरिवाना गराउनेबारे निणर्य हुने विभागले जनाएको छ ।
विभागले यो महिना सयवटा संस्थाको अनुगमन गर्ने तयारी गरेको छ । हाल १ सय ४३ वटा संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान तालिम प्रदान गर्नका लागि इजाजत लिएका छन् । तीमध्ये हाल १ सय २५ वटा संस्था सक्रिय छन् भने १८ वटा संस्थाको अनलाईन आइटी बन्द गरिएको छ ।
विभागले काठमाडौं बाहिरका संस्थाहरूको हकमा अनलाइनमार्फत अनुगमन गरेको थियो भने काठमाडौंका विभिन्न कार्यालयमै गएर अनुगमन गरेको थियो । विभागले गत वर्षदेखि ति संस्थाहरूलाई आईरिस सिस्टम जडान गराएको थियो । उनीहरूको अनलाइनमार्फत समेत अनुगमन सक्ने व्यवस्था मिलाइएको थियो । सोही अनुसार विभागले कतिपय संस्थाहरूको अनलाइनमार्फत समेत अनुगमन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।