logo

भिएलएनका अध्यक्ष रामप्रसाद श्रेष्ठ १२ लाख धरौटीमा रिहा

    2288   पटक पढिएको

५ असार / अर्थ र व्यापार- मलेसिया जाने कामदार माथि सिन्डिकेट चलाएको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष राम प्रसाद श्रेष्ठ जिल्ला अदालत ललितपुरबाट १२ लाख धरौटीमा रिहा भएका छन् । स्वीकृति नलिई नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाएको दाबी गरिए पनि अहिले नै कसुरदार ठहर गर्न नमिल्ने तर्क गर्दै जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले उनलाई धरौटीमा छोड्ने आदेश गरेको हो ।

यसअघि काठमाडौ जिल्ला अदातलले पनि उनलाई १० लाख धरौटी मागेको थियो । जिल्ला अदालत काठमाडौंबाट रिहालगत्तै उनलाई ललितपुर जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको थियो । लतिलपुरमा उनीमाथि २ करोड ७५ लाख २२ हजार बिगो दाबी गर्दै आइतबार मुद्दा दायर गरिएको थियो । अदालतले मागेको धरौटी श्रेष्ठले नगदमै बुझाएको जिल्ला अदालतले जनाएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई सामान्य धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले श्रेष्ठसँग जेठ ३० गते १० लाख रुपैयाँ धरौटी मागेको थियो । जिल्ला अदालतले तोकेको रकम नगद बुझाएर रिहा हुन लाग्दा थप उजुरी परेको भन्दै लतिलपुर प्रहरीले पक्राउ गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।