logo

सशस्त्र प्रहरीले नयाँ भर्नाका लागि माग्यो २३ सय जवान 

    2092   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार – सशस्त्र प्रहरीले प्रहरी जवान र प्रहरी परिचर पदमा नयाँ भर्नाका लागि पदपूर्ति सूचना प्रकाशित गरेको छ । मंगलबार सूचना प्रकाशित गरी प्रहरी जवानतर्फ २३ सय जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो । खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ । 

खुल्लातर्फ १२ सय १९, महिलातर्फ २०७, आदिवासी जनजातितर्फ २९०, दलितमा १५५, पिछडिएको क्षेत्रमा ५२ र अमर अशक्त प्रहरी परिवारका लागि ४६ कोटा निर्धारण गरिएको छ । यस्तै, परिचरतर्फ भान्से, केश कर्तक, सुचीकार, कुचीकार, चर्मकर्मी गरी दुई सय जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको हो ।

दरखास्त दिन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलका प्रधान कार्यालय हलचोकसँगै क्षेत्रीय कार्यालयमा पनि फाराम भर्न सक्नेछन् । सुनसरी, बारा, सुर्खेत, कैलाली, पोखरा, नवलपरासी र बाँकेबाट पनि उम्मेदवारले दरखास्त दिन सक्नेछन् । जवानका लागि न्युनतम शैक्षिक योग्यता कक्षा ८ पास भएको हुनु पर्नेछ । 

परीक्षा फाराम साउन ३१ गते मंगलबारदेखि भदौ २८ गतेसम्म भर्न सकिनेछ । १८ वर्ष पूरा भई २५ वर्ष नकटेका व्यक्तिले खुलातर्फ आवेदन दिन सक्नेछन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।